सेयर बजार मंगलबार २६.१६ अंकले घटेर नेप्से २७७०.२६ विन्दुमा पुगेको छ। सूचक घटे पनि कारोबार रकम बढेर ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। ४२ कम्पनीको मूल्य बढ्दा २१३ घटेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकमा उच्च गिरावट देखियो भने पाल्पा सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ।


