शुक्रबार नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ विन्दुमा पुगेको छ। बजार घटे पनि कारोबार रकम बढेर ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। एक करोडभन्दा बढी कित्ता सेयर कारोबार हुँदा १२० कम्पनीको मूल्य बढ्यो, १३५ को घट्यो र १९ कम्पनीको मूल्य स्थिर रह्यो। ऋणपत्रको कारोबार सबैभन्दा बढी रह्यो।


