अध्यागमन विभागले भिसासम्बन्धी सेवा थप सहज र व्यवस्थित बनाउन डिजिटल अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली लागू गरेको छ। असार १२ गतेदेखि लागू भएको प्रणालीअन्तर्गत नेपालीपोर्टमार्फत भिसा आवेदनसँगै ‘आवर्ली अपोइन्टमेन्ट स्लट’ उपलब्ध गराइँदै आएको छ। हाल स्लटमा कुनै कोटा नतोकिए पनि साउन १ गतेदेखि प्रत्येक घण्टाका लागि आवेदनको निश्चित कोटा निर्धारण गरी सोहीअनुसार सेवा प्रदान गरिने विभागले जनाएको छ।


