केही समयदेखि घट्दो अवस्थामा रहेको नेपाल सेयर बजार सोमबार उत्साही देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको सकारात्मक अभिव्यक्तिसँगै नेप्से परिसूचक ८३.३३ अंक बढेर २७६०.०२ बिन्दुमा पुगेको छ। २६४ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीमा १० प्रतिशत सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरले सबैभन्दा बढी कारोबार गरेका छन्।

