काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत ‘मानवीयताको शहरः काठमाडौं’ अवधारणा अघि बढाएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक न्याय, नागरिक संवेदना र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिने नीति सार्वजनिक गरिन्। महानगरले भौतिक पूर्वाधारभन्दा माथि उठेर नागरिक र यहाँ आश्रित सम्पूर्ण जीवजन्तुको हित संरक्षणमा केन्द्रित योजनाहरू समावेश गरेको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

