उपत्यका ट्राफिक एसएसपी सुरेश काफ्लेले काठमाडौँको ट्राफिक प्रणाली सुधार नगरे दुई वर्षभित्र सडक चल्न नसकिने अवस्था आउने चेतावनी दिएका छन्। सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन’ सम्बन्धी प्रस्तुति गर्दै उनले सवारी संख्या अत्यधिक भएकाले प्रविधिमैत्री व्यवस्थापन, एआई ट्राफिक लाइट, जरिवाना वृद्धि, ड्यासबोर्ड क्यामेरा र स्क्र्याप नीति आवश्यक रहेको बताए। अन्यथा जाम र दुर्घटना झनै बढ्ने उनको भनाइ छ।

