परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरणलाई डिजिटल बनाउन ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ सञ्चालनमा ल्याएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले शुभारम्भ गरेको यस प्रणालीमार्फत अब सेवाग्राहीले अनलाइन आवेदन, आवेदनको अवस्था हेर्न, राजस्व तिर्न र अपोइन्टमेन्ट लिन सक्नेछन्। यसले कागजात प्रमाणीकरण प्रक्रिया थप सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने मन्त्रालयको विश्वास छ।


