बुधबार नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ पुगेको छ। २५१ कम्पनीको सेयर मूल्य बढ्दा चार कम्पनीमा सर्किट ब्रेक लागेको छ। रिलायन्स स्पिनिङ, श्रीनगर एग्रिटेक, सोलु हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन्। कुल ८ अर्बभन्दा बढी कारोबार हुँदा अधिकांश समूहमा हरियाली छायो भने केही कम्पनीको सेयर मूल्य घटेको छ।

