राष्ट्रिय मानव अधिकार आयोगले एलपीजी ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई आग्रह गरेको छ। अनुगमनका क्रममा आपूर्तिमा केही कमी भए पनि हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेको पाइएको आयोगले जनाएको छ। कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाही गर्न, वितरण व्यवस्थापन सुधार्न र उपभोक्ता अधिकार संरक्षण गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
