प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सरोकारवालासँगको छलफलमा उनले सम्बन्धित निकायलाई तत्काल काम अघि बढाउन निर्देशन दिँदै व्यवसायीका जायज माग कार्यान्वयनमा लैजाने आश्वासन दिएका हुन्। छलफलमा लगानीकर्ताको मनोबल बढाउने, मार्जिन लेन्डिङ, कर सुधार, स्टक एक्सचेन्ज पुनर्संरचना र १० कित्ते नीतिको पुनरावलोकनका सुझाव प्रस्तुत गरिएका छन्।


