सरकारलाई रकम नतिरेका ५२ व्यक्ति, संस्था र कम्पनीको विवरण कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक गरेको छ। अधिकांश निर्माण व्यवसायी छन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार केही नेपाली कम्पनीसँगै अमेरिका र यूएईका तीन विदेशी कम्पनीले पनि करोडौं रुपैयाँ तिर्न बाँकी रहेको छ।


