त्रिशूली नदीको बाढीसँगै कृष्णभीरमा खसेको ठूलो पहिरोका कारण नागढुंगा–मुग्लिन सडक तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। सडकमा गम्भीर क्षति पुगेकाले स्थायी पुनर्निर्माण आवश्यक पर्ने सडक योजनाले जनाएको छ। अध्ययन, डिजाइन र टेन्डर प्रक्रियाका कारण दशैंअघि सडक खुल्ने सम्भावना न्यून रहेको अधिकारीहरूको भनाइ छ। यसबीच यात्रु तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग खोजी भइरहेको छ।


