राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनबाट देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने जनाएको छ। प्राधिकरणका अनुसार करिब २ लाख २६ हजार मानिस विपद्को जोखिममा पर्न सक्छन्। कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन अझै पूर्ण रूपमा सक्रिय भइसकेको छैन। सम्भावित क्षति न्यूनीकरण र उद्धारका लागि आवश्यक पूर्वतयारी पूरा गरिएको प्राधिकरणले जनाएको छ।


