नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १.०४ अंकले घटेर २,५५७.३१ विन्दुमा पुगेको छ। बजारमा तीन अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४६ कम्पनीको मूल्य बढ्दा ११८ कम्पनीको घट्यो। सर्वोत्तम पेन्ट्सको मूल्य सबैभन्दा बढी बढ्दा शिवम सिमेन्ट्स कारोबार रकममा अग्रस्थानमा रह्यो।


