अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आईसीसी टी–२० अलराउण्डर वरियतामा दोस्रो स्थानबाट झरेर अब तेस्रो स्थानमा पुगेका छन्। उनी इङ्ल्यान्डका लिअम लिभिङ्स्टोनसँग २०९ अंकमा बराबरीमा छन्। अष्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रो स्थानमा पुगेका छन् भने भारतका हार्दिक पाण्ड्या २५२ अंकसहित शीर्ष स्थानमा छन्।
दिपेन्द्रको रेटिङ २३३ बाट घटेर २०९ मा झरेको हो। उनले कतारविरुद्ध ब्याटिङ गरेनन् र चार ओभर बलिङ गर्दा विकेट लिन सकेनन्। कुवेतविरुद्ध उनले १२ बलमा ३१ रन बनाए पनि फाइनलमा भने शून्यमा आउट भए र एक ओभरमा विकेटविहीन रहे।

