गएको आर्थिक वर्षमा निगमले ३५६ अर्ब ७२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको र ३६४ अर्ब ५२ करोड रुपैयाँ बराबरको बिक्री गरेको जनाएको छ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा निगमले ३८३ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो। आयात र बिक्रीमा एकाधिकार राख्ने राज्य स्वामित्वको यो निगमले देशभर पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता ल्याउँदै आएको छ।

