‘कार्यालयले मासिक औसतमा ६१ लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको छ,’ दासले भने। चालू आर्थिक वर्षमा सवारी दर्ताबाट सबैभन्दा धेरै ३८ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।
नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वीकृतिबाट १६ लाख ९० हजार रुपैयाँ, थप अनुमतिपत्र स्वीकृतिबाट २८ लाख ४० हजार रुपैयाँ संकलन भएको छ।
नयाँ अनुमतिपत्र दर्ताबाट ८३ लाख ७० हजार रुपैयाँ, थप दर्ताबाट ३३ लाख, नवीकरणबाट २७ लाख, र सवारी सम्बन्धी विभिन्न शीर्षकबाट ८ लाख २८ हजार ९५० रुपैयाँ संकलन भएको छ।
त्यस्तै, आयकर शीर्षकमा ८ लाख ६० हजार ५२५ रुपैयाँ र अन्य श्रोतबाट ३९ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।

