गगन थापाले कांग्रेसलाई एकताबद्ध र मजबुत बनाउन आफू नरम तथा आवश्यकताअनुसार निर्मम भएर अघि बढ्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्। स्याङ्जामा आयोजित शोकसभामा उनले पार्टीभित्रका कमजोरी सुधार्न आवश्यक परे निर्मम भएर पनि अघि बढ्ने बताए। कांग्रेसलाई एकढिक्का बनाएर मजबुत बनाउन जिम्मेवारपूर्वक काम गर्ने प्रतिबद्धता जनाउँदै थापाले विपद्को समयमा सरकारको आलोचना गर्नेभन्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखे।


