पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ। अख्तियारले कानुन विपरीत हदबन्दी छुटमा जग्गा खरिद–बिक्री गरिएको दाबी गर्दै १८ करोड ५८ लाख बिगो माग गरेको छ।


