राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन्। समर्थक र बाजागाजासहित पुगेका शाहलाई ठाउँ–ठाउँमा कलससहित स्वागत गरिएको थियो। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

