प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथपछि संसद् सचिवालयमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका उनले अब चैत १२ गते २७४ सांसदलाई शपथ गराउनेछन्। सभामुख चयन नभएसम्म बैठकको अध्यक्षता पनि उनले गर्नेछन्। ७८ वर्षीय केसी समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।


