नेकपा एमालेले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। वैशाख १० मा बसेको समन्वय बैठकले यस्तो निर्णय गरेको हो। महासचिव शंकर पोखरेलद्वारा जारी निर्देशनमा अनुशासन उल्लंघन र अन्य पार्टीलाई सहयोग गर्नेमाथि कारबाही गरिने उल्लेख छ। साथै मृत, पार्टी त्यागेका र दोहोरो सदस्यता भएकाको नाम अभिलेखबाट हटाइने निर्णय गरिएको छ।


