वरिष्ठ कलाकार सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ। आज बिहान स्वास्थ्य समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका थापाको ७:४४ बजे ईसीजी गर्दा मृत्यु पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ। कार्डियाक अरेस्टको आशंका गरिएको छ। आफन्त नआएकाले औपचारिक घोषणा हुन बाँकी छ।


