फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्रसहितका सबै निर्वाचन सामग्री पुर्याइएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ र भक्तपुरबाहेक अन्य जिल्लामा ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र पठाइसकिएको छ। काठमाडौँ र भक्तपुरमा भने बिहीबार सामग्री पुर्याइने जनाइएको छ।


