भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले शाहप्रति नेपाली जनताको गहिरो विश्वास झल्किएको बताए। मोदीले नयाँ नेतृत्वसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गर्दै भारत–नेपाल मित्रता अझ सुदृढ बनाउने र दुवै देशका नागरिकको हितमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

