धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी किशोरी साह कमलको उमेदवारी रद्दको विरोधमा दायर रिटमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि अर्को इजलासमा पेसी तोक्न आदेश दिएको छ। आयोगले उनलाई कालोसूचीमा परेर योग्य नभएको भन्दै रद्द गरेको थियो र उनका प्रतिस्पर्धी मातृकाप्रसाद यादव विजयी घोषित भइसकेका छन्। रास्वपाको चुनाव चिह्न घण्टीमा भने उल्लेख्य मत परेको छ।

