नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव पारित गर्दै थापाले परिवर्तित समयलाई संयम, परिपक्वता र गतिशील नेतृत्वमार्फत सम्बोधन गर्न सक्ने निष्कर्ष निकालेको छ। कांग्रेसले यसलाई विशिष्ट परिस्थितिको उत्तरका रूपमा लिएको जनाएको छ।


