निर्वाचन आयोगले निर्वाचन अवधिमा सामाजिक सञ्जालका गतिविधि निगरानीमा रहेको भन्दै दुरुपयोग गर्ने उम्मेदवार वा व्यक्तिलाई कारबाही गरिने जनाएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा झन् सतर्क रहन आग्रह गर्दै भ्रामक सामग्री हटाउन र मतदातालाई सत्य सूचना मात्र विश्वास गर्न अनुरोध गरेका छन्।

