त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापाको नियुक्तिप्रति असहमति जनाएको छ। संघले सेवा आयोगजस्तो विशुद्ध प्राज्ञिक संस्थामा गैर–प्राज्ञिक तथा दलीय पृष्ठभूमिका व्यक्तिलाई नियुक्त गर्नु विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता र संस्थागत गरिमाविपरीत भएको जनाएको छ। सरकारले राजनीति मुक्त उच्च शिक्षाको नारा विपरीत काम गरेको आरोप लगाउँदै संघले भविष्यमा यस्ता नियुक्ति नगर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।


