नेपाल आयल निगमले काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई ग्यास आपूर्ति सहज बनाउन होटल, रेस्टुरेन्ट तथा उद्योगका लागि व्यावसायिक प्रयोजनमा एलपी ग्यास बिक्री तत्कालका लागि रोकेको छ। अब व्यवसायीले आवश्यक ग्यास उपत्यकाबाहिरका ग्यास उद्योगबाट खरिद गरी आफ्नै ढुवानीमार्फत काठमाडौं ल्याउनुपर्नेछ। निगमले यस निर्णयबाट घरायसी उपभोक्तालाई ग्यासको अभाव हुन नदिने अपेक्षा गरेको छ।


