राहत तथा उद्धारमा सहयोग गर्न आवश्यक उपकरणसहित अमेरिकी सेनाका दुई विमान नेपाल आइपुगेका छन्। अमेरिकी राजदूतावासका अनुसार रसुवा बाढीपछिको उद्धारका लागि ५ हजार विशेष सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर र साना लोडर ल्याइएको हो। सरकारको अनुरोधमा अमेरिका सहयोगमा जुटेको र यसअघि ३६ लाख डलरबराबरका थप सामग्री उपलब्ध गराइसकिएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

