भक्तपुरको गुण्डुस्थित निवासमा केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय सचिवालय बैठक जारी छ। बैठकमा नेताहरूको कार्यविभाजन, समसामयिक राजनीतिक विषय तथा फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल भइरहेको छ। साथै सुकुम्वासी हटाउने सरकारी कदम, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला गतिविधिबारे पनि नेताहरूबीच छलफल भइरहेको एमालेले जनाएको छ।

