एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको निर्णय नं. १७७ असंवैधानिक र पूर्वाग्रहपूर्ण भएको दाबी गर्दै सच्याउन माग गरेका छन्। एमाले नेता महेश बर्तौलामार्फत आयोगमा निवेदन दर्ता गर्दै निर्णयको आधार, प्रतिवेदन र सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरिएको छ।

