प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद्को गतिरोध समाधानका लागि आफूले विपक्षी दललाई संवादमा बोलाए पनि उनीहरू छलफलमा सहभागी नभएको बताएका छन्। आइतबार र सोमबार दुवै दिन छलफलका लागि आह्वान गरिएको भए पनि विपक्षी प्रतिनिधि उपस्थित नभएको उनको भनाइ छ। उनले कानुन निर्माण र राष्ट्रिय मुद्दामा प्रतिस्पर्धा गर्न आग्रह गर्दै सभामुखसँग प्रतिस्पर्धा नगर्न दलहरूलाई सुझाव दिएका छन्।

