नेकपा एमालेले आज पनि राजधानीको माईतीघर मण्डलामा विरोध प्रदर्शन जारी राखेको छ। अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै भ्रातृ संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्। प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको आरोप लगाएका छन्। उनीहरूले तत्काल रिहा गर्न र प्रतिशोध अन्त्य गर्न मागसहित प्लेकार्ड बोकेका छन्।

