विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलको गैरकानुनी सम्पत्ति आर्जन प्रकरण मुद्दामा प्रमाण कागज झिकाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ। ६२ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरिएको हो। उनकी पत्नी, बाबुआमासमेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका छन्।

