कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी दर्ताको मिति संशोधन नहुने स्पष्ट पारेका छन्। माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने उनले बताए। तोकिएको तालिका परिवर्तनको समय सकिएको भन्दै आयोगले निर्धारित समयमै निर्वाचन हुने जनाएको छ।

