नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको दाबी गरेका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम प्रसंगसँग जोडेर ‘रेडिमेड’ कथा विश्वभर फैलाइएको बताए। घटनाको वास्तविक दोषी अझै सार्वजनिक हुन नसकेको उनको भनाइ छ।

