नेप्से परिसूचक सोमबार १२.२६ अंकले घटेर २७११ मा झरेको छ। सुरुवातमा केही बढे पनि बजार छिट्टै रातो भयो र दिनभर घट्यो। कारोबार रकम ४ अर्ब ४१ करोड पुग्यो। ७३ कम्पनी बढे, १८८ घटे। उत्पादनबाहेक सबै समूह घटे। सोपान र एपोलो हाइड्रोपावर १५% बढे भने केही बैंक र फाइनान्सहरूमा गिरावट आयो।

