एमाले उपनेता पद्मा अर्यालले सरकारलाई गिरीबन्धु टी–इस्टेटसहित सबै विवादित फाइल खोल्न चुनौती दिएकी छन्। प्रतिनिधिसभामा बजेट छलफलका क्रममा उनले विपक्षीमाथि लक्षित ‘फाइल खोल्ने’ चेतावनीको विरोध गर्दै ओम्नी, वाइडबडी लगायत प्रकरणको निष्पक्ष छानबिन माग गरिन्। उनले आरोप पुष्टि नभए जिम्मेवारी लिने कि नलिने भन्ने प्रश्न पनि उठाइन्।


