प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले कार्यक्रमका लागि समय निर्धारण गरेका हुन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर प्रत्येक महिनाको पहिलो हप्तामा सञ्चालन गर्नुपर्ने व्यवस्था छ। प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषयबारे सभामुखलाई लिखित जानकारी गराउनुपर्ने प्रावधान रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

