रास्वपाले संशोधित विधान २०८३ लागू गर्दै सभापतिलाई संसदीय दलको नेता परिवर्तन, वरिष्ठ नेता मनोनयन तथा केन्द्रीय संरचनामा हेरफेर गर्न व्यापक अधिकार दिएको छ। नयाँ विधानअनुसार केन्द्रीय सदस्य संख्या १५८ पुर्याइएको छ। साथै, पार्टीको मूल राजनीतिक सिद्धान्त ‘संवैधानिक समाजवाद’लाई परिमार्जन गरी ‘सामाजिक लोकतन्त्र’ बनाइएको छ।


