राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रतिनिधि सभा निर्वाचनका लागि सय वाचा समेटिएको वाचापत्र सार्वजनिक गरेको छ। सुर्खेतमा सार्वजनिक दस्तावेजमा दलित समुदायसँग औपचारिक क्षमायाचना, जेनजी आन्दोलनको छानबिन प्रतिवेदन कार्यान्वयन, २०४६ यता सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन, राज्य निकायमा दलगत आवद्धता अन्त्य र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव समावेश छन्।

