नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ मा नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई नै लक्षित गरेर षड्यन्त्र भएको दाबी गरेका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनले वैधानिक सरकारलाई अवैध रूपमा विस्थापित गरिएको आरोप लगाउँदै सरकार गठन वा परिवर्तन संसद्बाट मात्रै हुनुपर्ने धारणा व्यक्त गरे।


