सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता रामबहादुर राउत मातृदासले दायर गरेको रिटमा सर्वोच्चले आदेश जारी गर्दै देवनागरी विस्थापित नगर्नु पर्ने निर्णय दिएको छ। यसअघि सरकारले नम्बर प्लेटमा नेपालीसहित अंग्रेजी भाषा प्रयोग गर्न कानुन संशोधन गरेको थियो।


