नेपाल आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इङ्गल्यान्डले १८५ रनको लक्ष्य दिएको थियो, नेपालले १८० रन बनायो। दीपेन्द्र सिंह ऐरीले ४४ रन बनाएका थिए, जबकि लोकेश बम र रोहित पौडेलले ३९–३९ रन योगदान दिए। इंग्ल्यान्डका जेकब वेथेल र ह्यारी ब्रूकले अर्धशतकीय पारी खेले।

