रसुवा बाढीका कारण चीनतर्फ फसेका थप १५५ नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। यसअघि बिहीबार ११४ जना नेपाल आएका थिए। शुक्रबार फर्किएकामध्ये १४५ जना रसुवाका छन्। बाढीपछि चीनतर्फ करिब ८ सय नेपाली फसेको अनुमान गरिएको छ र उनीहरूलाई क्रमशः सुरक्षित रूपमा नेपाल ल्याउने प्रक्रिया जारी छ।

