माघ १ देखि पाँच लाख रुपैयाँसम्म मात्र नगद कारोबारको सीमा तोकिएपछि व्यवसायमा समस्या आएको निजी क्षेत्रले जनाएको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उद्योगी–व्यवसायीहरूले बैंकिङ पहुँच सबै ठाउँमा नपुगेकाले नगद सीमा बढाउन माग गरे। उनीहरूले भन्सार, कर नीति र लगानी वातावरण सुधार आवश्यक रहेको बताए।

