नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ३.०७ अंकले घटेर २७६९.०९ मा बन्द भएको छ। सूचक घटे पनि कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ नाघ्दा बजारमा उत्साह देखिएको छ। चुनावी माहोलसँगै लगानीकर्ता सक्रिय बन्दै गएपछि आगामी दिनमा बजार सुधारको संकेत देखिएको छ।


