प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। कानुनअनुसार पद सम्हालेको ६० दिनभित्र सम्पत्तिको स्रोतसहित विवरण पेश गर्नुपर्ने व्यवस्था छ। चैत १२ मा शपथ लिएका सांसदका लागि सो समयसीमा जेठ १० पुग्ने भएकाले तोकिएको मितिभित्र विवरण दर्ता गर्न भनिएको हो।


